कांग्रेसभित्र बैठक राखेको विवादबारे छलफल गर्न देउवाले

नेपाली कांग्रेसभित्र देखिएको विवादबारे छलफल गर्न सभापति शेरबहादुर देउवाले आफ्नै निवास बुढानिलकण्ठमा बैठक राखेका छन्।

बुधबार अपरान्ह ३ बजे सभापति निवासमा बैठक बस्न लागेको हो।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला सहभागी हुनेछन्।

पुस ११ गते सभापति देउवाले आफू निकट केन्द्रीय सदस्यहरू मात्रै उपस्थित बैठकबाट विभाग संख्या ४७ पुर्‍याउने, कार्यकाल एक वर्ष थप्ने, पार्टी सदस्यतासम्बन्धी धारा निलम्बन गर्ने र ०७७ फागुनमा महाधिवेशन गर्ने निर्णय गरेका थिए।

आफूहरूसँग परामर्श नगरी देउवाले एकलौटी निर्णय गरेको भन्दै पौडेल र सिटौला समूह रूष्ट छ।

सोही विषयमा छलफल गर्न देउवाले निवासमै नेताहरू डाकेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *