विराटनगरको वीरेन्द्र सभागृहमा निर्वाचन : कुन उम्मेदवार विजय हासिल गर्ने

बिराटनगर ,माघ ०९
प्रदेश नम्बर १ का लागि आज विराटनगरको वीरेन्द्र सभागृहमा हुने निर्वाचनमा सत्तारूढ नेकपाका तीनै जना उम्मेद्वारले विजय हासिल गर्ने पक्का छ।
प्रदेशको कुलमत भार ९ हजार ३ सय ९६ मा नेकपाको मात्र ६ हजार २ सय ५८ छ।

नेकपाका तर्फबाट स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १ सय ६९ जना छन्।
एक जनाको मतभार १८ निर्धारण गरिएको छ। यसरी स्थानीय तहबाट मात्र नेकपाले ३ हजार ४२ मत प्राप्त गर्ने छ।
त्यस्तै प्रदेश सभाका ९३ सदस्यमध्ये नेकपा समर्थित ६७ जना छन्।
एक प्रदेश सांसद बराबर ४८ मतभार कायम गरिएको छ। यस हिसाबले प्रदेश सभाबाट नेकपाले ३ हजार २ सय १६ मत प्राप्त गर्नेछ।
त्यस्तै स्थानीय तहमा नेकाका प्रमुख र उपप्रमुख गरी ६८ जना छन्। उनीहरूको मतभार १ हजार २ सय २४ हुनेछ। त्यस्तै प्रदेश सभामा नेकाका २१ सांसद् छन्।
उनीहरूको मतभार १ हजार ८ हुनेछ। यसरी नेकाको कुल मत संख्या २ हजार २ सय ३२ हुने देखिन्छ।
कांग्रेसका उम्मेद्वारलाई अन्य दलका मतदाताले समर्थन गरे पनि निर्वाचनको परिणाम हात लाग्ने देखिन्न।
किनकि अन्य दलको कुल मतभार ९ सय ६ मात्र छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *