मोरङमा स्कुलबस दुर्घटना हुँदा एक जनाको मृत्यु

मोरङको रंगेलीमा कलेज बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

बिहीबार बिहान साढे ६ बजेतिर लर्डबुद्ध कलेजका विद्यार्थी बोकेको मे १ ख १४९० नम्बर बस दुर्घटना भएको हो।

दुर्घटघनपालथान गाउँपालिका वडा नम्बर-४ रामचोकमा अनियन्त्रित भएर बस पल्टिँदा ११ जना विद्यार्थी घाइते छन्। उनीहरूको अवस्था सामान्य छ।

दुर्घटनापछि फरार रहेका बसका चालक विराटनगर १० का खिलबहादुर खड्का पक्राउ परेका छन्। बाक्लो हुस्सु लागेकोले विपरीत दिशाबाट आउँदै गरेको सवारी टाढैबाट देख्न नसक्दा बस अनियन्त्रित भई पल्टेको खड्काले प्रारम्भिक बयान दिएका छन्। नामा परी सहचालकसमेत रहेका बसधनी विराटनगर-१५ का ३२ वर्षीय सानु साहको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *