६० प्रतिशत मात्र प्रगति : विराटनगर भन्सार

विराटनगर । पुस मसान्तसम्मको लक्ष्य २५ अर्ब ६६ करोड ८९ लाख राखेको विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको १५ अर्ब ४३ करोड ५९ लाखमात्र संकलन गर्न सफल भएको छ । कार्यालयले पहिलो अर्धवार्षिक अवधिमा ६० प्रतिशत प्रगति मात्र हात पारेको छ । कार्यालयले भन्सार महसुलतर्फ १० अर्ब ९६ करोड १७ लाख असुल गर्ने लक्ष्य राखेकोमा ६ अर्ब २५ करोड १५ लाख मात्र उठाउन सफल भएको हो । व्यापारिक मालवस्तुको पैठारी घटेसँगै विराटनगर भन्सारको राजस्व असुली दर पनि खुम्चिएको हो

चालु आर्थिक वर्षको ६ महिनामा सबैभन्दा बढी राजस्व दिने वस्तु पेट्रोल भएको छ । पेट्रोलबाट १ अर्ब १८ करोड ५८ लाख राजस्व प्राप्त भएको छ । त्यस्तै दोस्रो नम्बरमा मोटरसाइकलले १ अर्ब १० करोड ९८ लाख र तेस्रोमा फलामको कच्चा पदार्थले ७८ करोड ३७ लाख राजस्व दिएको छ ।
त्यस्तै मूल्य अभिवृद्धि करतर्फ १३ अर्ब ४० करोड ९७ लाखको लक्ष्यमा ८ अर्ब १४ करोड ७७ लाख र अन्तःशुल्कतर्फ १ अर्ब २९ करोड ७४ लाखको लक्ष्यमा १ अर्ब ३ करोड ६६ लाख मात्र संकलन भएको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा कार्यालयले १९ अर्ब ५६ करोड ४६ लाखको लक्ष्यमा १९ अर्ब ५७ करोड ३० लाख असुल गरेको थियो । चौथो राजस्व दिने हाई स्पिड डिजल र पाचौंमा क्रुड पाम आयल छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *