यौन दुर्व्यवहार गरेको किटानी जाहेरी दिएपछि मिया फरार

विराटनगर,
विराटनगर–८ अशोक चोकमा रहेको ‘मदर्सा रजाए मुस्तफा आधारभूत विद्यालयका’ मौलवी करिब ४० वर्षीय अमरुद्धिन मियालाई यौन दुर्व्यवहारको आरोप लागेको छ ।
मंगलबार र बुधबार १३ र १४ वर्षका दुई बालिकाले यौन दुर्व्यवहार गरेको किटानी जाहेरी दिएपछि मिया भने फरार छन् ।
अभिभावकको सहयोगमा दुई बालिकाले बिहीबार जिल्ला प्रहरी कार्यालय मोरङमा किटानी जाहेरी दिएका छन् । जाहेरीपछि मियाँलाई खोज्न प्रहरी पुगेको थियो । तर मियाँ भने घर छाडेर भागेका हुन् ।
बालिकाको उजुरी परेपछि मौलवीको खोजी सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए ।
होमवर्क हेर्ने बाहानामा करणीको प्रयास मुस्लिम धर्मग्रन्थ पढाइ हुने सो मदर्सामा बिहान मात्र कक्षा सञ्चालन हुन्छ । मंगलबार मौलवीले दिएको होमवर्क देखाउन बुधबार बिहान अफिस गएकी बालिकालाई मियाले जवरजस्ती करणीको प्रयास गरेका थिए ।
कार्यकक्षमा एक्लै बनाए मौलवीले संवेदनशील अंगमा छोएर कपडा खोल्न खोजेपछि बालिकाले प्रतीकार गरेकी थिइन् । घटना घरमा सुनाए बुबा–आमाको बद्नाम गर्ने डर देखाएपछि बालिकाले घटना सुनाएकी थिइनन् ।
तर बिहीबार बिहान मदर्सा नगएपछि सोधीखोजी गर्दा उनले परिवारमा घटना सुनाएकी हुन् । छोरीमाथिको दुर्व्यवहार भएपछि परिवारले स्थानीयको सहयोगमा जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका छन् ।
१३ वर्षीया बालिकाले जाहेरी दिएपछि १४ वर्षीया बालिकाले पनि मंगलबार आफूलाई यौन दुर्व्यवहार गरेको भन्दै जाहेरी दिएकी छन् ।
एक व्यक्तिविरुद्ध २ जनाको जाहेरी परेपछि अनुसन्धान सुरु गरिएको डिएसपी थापाले बताए । प्रहरीका अनुसार दुवै बालिका कक्षा पाँचमा पढ्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *