चाबहिलको धोविखोला किनारमा शिशुको शव भेटियो

चाबहिलको धोविखोला किनारमा नवजात शिशुको शव भेटिएको छ । आन्दाजी ६/७ महिनाको शिशुको शव खोला किनारमा भेटिएको हो ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार शिशुको शव कपडाले बेरेको अवस्थामा भेटिएको छ ।

‘कानूनी प्रक्रिया पूरा गरेर अहिले पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाउने तयारी भइरहेको छ’, बोगटीले अनलाइनखबरसँग भने, ‘शिशु कसको हो भन्ने विषयमा अनुसन्धान जारी छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *