टर्कीमा गएको शक्तिशाली भूकम्पमा परि कम्तीमा २९ जनाको मृत्यु

टर्कीमा गएको शक्तिशाली भूकम्पमा परि कम्तीमा २९ जनाको मृत्यु हुनुका साथै १४ सय भन्दा बढी मानिसहरू घाइते भएका छन्।

६.८ रेक्टर स्केलको सो भूकम्प पूर्वी टर्कीको इलाजिग प्रान्तको सिविरिस शहरलाई केन्द्रविन्दु बनाउँदै गएको थियो। भूकम्पबाट भवनहरु भत्किनुका साथै मानिसहरुको भागदौड भएको थियो।
बिबिसीका अनुसार भूकम्पमा पुरिएका ४३ जनालाई उद्धार गरिएको छ भने २० जना अझै भूकम्पबाट भत्केका घरको भग्नावेशमा थुनिएको आशंका गरिएको छ।

टर्कीमा प्रायजसो भूकम्प गइरहन्छ। सन् १९९९ मा पश्चिमी शहर इज्मिटमा गएको भूकम्पमा परि १७ हजार मानिसले ज्यान गुमाएका थिए।शुक्रबार स्थानिय समय अनुसार ८ बजेर ५५ मिनेट जाँदा सो भूकम्प गएको हो। भूकम्पको धक्का छिमेकी मुलुक सिरिया, लेबनान तथा इरानसम्म महशुस गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *