‘बल्ने ढुंगा’ किन्न काभ्रेस्थली जंगल पुगेका पूर्वसैनिकको लुटियो पचास लाख

जग्गा व्यवसायीमा संलग्न एक पूर्वसैनिक आफ्नै सहकर्मीबाट लुटिएका छन्।

काभ्रेस्थलीको जंगलमा पैसा बोकेर गएका पूर्वसुबेदार बच्चुराम गुरूङलाई उनकै जग्गा व्यवसायी सहकर्मीले बिहीबार लुटेका हुन्।
‘बल्ने ढुंगा’ भेटिएको भन्दै केही व्यक्तिले गुरूङलाई जंगलमा पैसा लिएर बोलाएका थिए।
पचास लाख रुपैयाँ पैसा लिएर गएका गुरूङलाई छ जनाले लुटेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ।

लुटिएपछि गुरूङले प्रहरीमा खबर गरेका थिए। घटना अनुसन्धानमा परिचालन भएको अपराध महाशाखाको टोलीले सो घटनामा संलग्न ६ जनालाई शनिबार पक्राउ गरेको हो।
उनीहरूलाई राजधानीका विभिन्न स्थानबाट पक्राउ गरिएको महाशाखा स्रोतले बतायो।
उनीहरूको साथबाट चार वटा पल्सर मोटरसाइकल, १९ लाख रूपैयाँ नगद बरामद भएको महाशाखाका एक अधिकृतले बताए।
अनुसन्धान अनुसार जग्गा व्यवसायका अतिरिक्त उनीहरू जनावरका अखटोपहार, हाड हड्डी बिक्री वितरणमा संलग्न छन्।

‘कहिले स्यालको सिङको कारोबार गर्ने कहिले वनमान्छेको हाडहड्डीको कारोबार गर्ने गरेको पत्ता लागेको छ,’ स्रोतले भन्यो, ‘त्यही सिलसिलामा बल्ने ढुंगो छ भनेर लुटेको थाहा भएको छ।’
गुरूङले आफूबाट ५० लाख रुपैयाँ लुटेको प्रहरीलाई बताएका छन्। त्यसमध्ये १९ लाख रुपैयाँ लुटपाटमा संलग्नबाट बरामद गरिएको हो।
प्रहरीले अनुसन्धानकै क्रममा रहेकाले पक्राउ परेकाको विवरण उल्लेख गरेको छैन।‘बल्ने ढुंगा’ किन्न काभ्रेस्थली जंगल पुगेका पूर्वसैनिकको लुटियो पचास लाख

Leave a Reply

Your email address will not be published. Required fields are marked *