महोत्तरीमा २१ तोला सुनसहित एकजना पक्राउ

नेपालबाट भारत तस्करी गर्न लागिएको २१ तोला सुनसहित एकजना पक्राउ परेका छन् । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित सडकबाट सुनसहित २३ वर्षीय दीपक महतो पक्राउ परेका हुन् ।

आइतबार साँझ धनुषा जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिका –४ का महतोलाई सशस्त्र प्रहरी बिओपी मटिहानीका प्रहरीले बा १२ प ५०७६ नम्बरको कारमा राखी भारततर्फ जाँदै गरेको अवस्थामा पक्राउ गरेको थियो ।

 

सशस्त्र प्रहरी बिओपी मटिहानीका प्रहरी निरीक्षक हिमाल थापाका अनुसार १६ लाख २४ हजार ६०६ मूल्य पर्ने स्रोत नखुलेको सो परिमाणको सुन बरामद गरिएको हो ।कारमा सुनसहित पक्राउ परेका युवक महतोलाई आवश्यक कारवाहीका लागि सुन र कारसहित सशस्त्र प्रहरीले जिल्लाको मूल भन्सार कार्यालय जलेश्वरमा बुझाएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *