हेलिकप्टर दुर्घटनामा चर्चित अमेरिकी बास्केटबल खेलाडी कोबे ब्रायन्टको निधन

हेलिकप्टर दुर्घटनामा चर्चित अमेरिकी बास्केटबल खेलाडी कोबे ब्रायन्टको निधन भएपछि संसारको खेल क्षेत्र स्तब्ध भएको छ।

क्यालिफोर्नियाको क्यालाबास शहरमा भएको दुर्घटनामा ४१ वर्षीय ब्रायन्ट, उनकी छोरी जियाना सहित ९ जनाको त्यहाँको स्थानीय समयअनुसार आइतबार विहान मृत्यु हो।
उनको निधनमा सेलिब्रेटी तथा उनका समकालिन खेल स्टारहरूले असामयिक निधनमा गहिरो शोक व्यक्त गरेका छन्।
पाँच पटक नेशनल बास्केटबल एसोशिएन (एनबिए) च्याम्पियन बनेका ब्रायन्टलाई बास्केटबलको इतिहासमा सबैभन्दा सफल खेलाडी मध्ये एक मानिन्छ। उनका रेकर्डहरू :-

उनले एनबिएमा सन् २००७-०८ को सिजनमा उत्कृष्ट खेलेबापत मोस्ट भ्यालुएबल खेलाडीको अवार्ड पाएका थिए।
२०१६ मा डियर बास्केटबल नामक पाँच मिनेटको छोटो फिल्म लेखेबापत उनलाई ओस्कार अवार्ड दिएको थियो।
उनी एनबिएको फाइनलमा दुई पटक मोस्ट भ्यालुएबल खेलाडी भएका थिए। उनले सन् २००८-०९ र २००९-१० को सिजनमा सो अवार्ड हात पारे।
ब्रायन्टले दुई पटक ओलम्पिक स्वर्ण जिते। उनले अमेरिकाका लागि २००८ र २०१२ मा ओलम्पिकको स्वर्ण जिताउन उत्कृष्ट खेलेका थिए।

उनले अलस्टार एमभिपी अवार्ड चार पटक जिते। जससँगै उनले बब पेटिटको रेकर्ड बराबरी गरेका थिए।
उनले पाँच पटक एनबिए च्याम्पियनसिपको उपाधि उचाल्न सफल भए।
एनबिएको इतिहासमा चार खेलाडीमात्र ९ पटक अल डिफेन्सिभ पहिलो टिममा परेका छन्। जसमा ब्रायन्ट, माइकल जोर्डन, केभिन गारनेट र ग्यारी पेटन रहेका छन्।
बायन्ट ११ पटक अल-एनबिए टिम सेलेक्सनमा परे। टिममा उनी र कार्ल म्यालोन दोस्रो बढी पर्ने खेलाडी हुन्। सर्वाधिक बढी पटक टिममा परेका लिबोर्न जेम्स १२ पटक परेका थिए।
उनी एनबिएको वार्षिक अल स्टार खेलमा १५ पटक स्थान बनाए। उनी बढी पटक बनाउने खेलाडीको सूचीमा दोस्रो स्थानमा रहे। सर्वाधिक उनले २० सिजन लस एन्जलस ल्याकर्सबाट खेलेका थिए।

ब्रायन्टले २५ खेलमा ५० भन्दा स्कोर गरेका थिए। २५ वा सो भन्दा बढी खेलमा ५० भन्दा बढी स्कोर गर्ने खेलाडीमा ब्रायन्टसँगै माइकल जोर्डन र विल्ट चाम्बरलियन मात्र हुन्।
उनले एनबिएको प्लेअफमा ५६ सय ४० स्कोर्ड गरे। यो एनबिएको इतिहासमा चौथो बढी स्कोर हो। उनी भन्दा बढी जेम्स, जोर्डन र अब्दुल जाबरले गरे।
उनी एनबिएमा सर्वाधिक स्कोर गर्ने खेलाडीको सूचीमा चौथो स्थानमा रहे। उनले सन् १९९६-९७ को सिजनमा डेब्यू गरेपछि ३३ हजार ६ सय ४३ स्कोर गरे। उनी भन्दा बढी स्कोर गर्ने खेलाडी अब्दुल, मालोन र लिब्रोन मात्र छन्।
उनले एनबिएमा ४८ हजार ६ सय ३७ मिनेट खेले। उनी बढी समय खेल्ने खेलाडीको सूचीमा आठौं स्थानमा रहे।बढी जेम्स १६ पटक परेका छन्।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *