साढे २ करोडको लागतमा एलजीको आधिकारीक शोरुम सञ्चालनमा

विराटनगर,माघ
विराटनगर स्थित ट्राफिक चौकमा साढे २ करोडको लागतमा एलजीको आधिकारीक शोरुमक सञ्चालनमा आएको छ ।
साढे २ करोडको लागतमा सञ्चालनमा आएको सो शोरुम एलजीको प्रदेश एककै आधिकारी शोरुमको रुपमा रहेको बताइएको छ । एलजी नेपालका आधिकारीक विक्रेता समेत रहेको सिजी ग्रुपको डेपुटी जेनरल म्यानेजर पुरुषेतम भण्डारीले एलजीले उत्पादन गरेको आधुनिक उपकरणहरु छिटो र सजिलो तवरले नेपाली बजारमा उपलब्ध गराउन यो सञ्चालन गरिएको बताए ।

उनले यो शोरुमले विदेशमा प्रयोगमा रहेको नयाँ आधुनिक उपकरणहरुको फाइदा नेपाली जनताले पनि लिन सक्ने हेतुले यो शोरुम सञ्चालन गरिएको हो । उनले यो शोरुमले विराटनगर लगायत प्रदेश एकमा रहेको एलजीको खुद«ा विक्रेतालाई समेत सहज बनाउने उनले बताएका थिए ।
शोरुमको उद्घाटन गर्दै विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीले आधुनिक विराटनगर बनाउन यस्ता आधुनिक शोरुमको आवश्क्ता रहेको प्रतिक्रीया दिए ।

उनले विराटनगरवासीको जिवन सहज बनाउन यस्ता ठाउँहरुको खाचो रहेको प्रतिक्रीया दिए ।
शोरुममा एलजीका टिभी , वासिङ मेशिन , ओभन , राईस कुकर , एसी लगायतका उपकरणहरु राखिएको छ ।

बिराटनगर मा खुलेको उक्त शोरुमबाट समान खरिद गर्दा २०देखि ३० प्रतिशत सम्म छुट् को समेत बव्स्था रहेको एलजि शोरुम बिराटनगर का मार्केटिङ प्रमुख प्रुशोतम भण्डारी ले जन्कारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *