लागूऔषधसहित प्रहरी जवान पक्राउ

विराटनगर, १३ माघ ।
लागूऔषधसहित प्रहरी जवान पक्राउ परेका छन् ।
भारतको जोगवनीबाट लागुऔषध लिएर आउँदै गर्दा धनकुटाको पाख्रिबास–१४ घर भएका २३ वर्षीय प्रहरी जवान सरोज गिरी पक्राउ परेका हुन् ।

कारागार सुरक्षा गार्ड झापा दरबन्दी भएका जवान गिरी दंगा नियन्त्रण प्रहरी गण दुहवी सुनसरीमा कार्यरत थिए ।
पैदल हिँडिरहेका बेला शंका लागेर लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले चेकजाँच गर्दा उनले लगाएको ज्याकेटको गोजीमा एक सय ४४ ट्याब्लेट स्पास्मोप्रोक्सिभन नामक लागुऔषध फेला परेको थियो ।

साथमा लागुऔषध फेला परेपछि विराटनगर भन्सार कार्यालयको १ नम्बर ढाटबाट गिरीलार्य पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *