त्रिविको प्रस्ताव स्ववियु निर्वाचन फागुन १४ मा

विश्वविद्यालयले फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गर्न प्रस्ताव गरेको छ।
स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले विद्यार्थी संगठन बैठक राखेर निर्वाचनको प्रस्ताव राखेको हो ।अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन, अखिल छैठौं, नेक्राविसंघ लगायतका संगठनले प्रस्तावित स्ववियु निर्वाचन तालिकाको स्वागत गरेका थिए।
त्रिविले आफ्ना आंगिक कलेजमा मात्र नभई सम्बन्धन प्राप्त सबै कलेजमा निर्वाचन गराउन विद्यार्थी संगठनले माग गरेका छन्।

नेबिसंघ र विप्लव निकट क्रान्तिकारी संगठन भने बैठकमा गएनन्।
नेविसंघले एक/दुई दिनमा आफ्नो प्रतिनिधि पठाउने खबर गरेको भए पनि उपस्थित नभएको विद्यार्थी कल्याण तथा खेलकुद महाशाखाका प्रमुख गंगाबहादुर थापाले जानकारी दिए।
बैठकमा त्रिविका निमित्त रेक्टर शिवलाल भुषाल अनेरास्ववियूका संयोजक ऐन महर, सहसंयोजक रञ्जित तामाङ, अखिल छैठौंका अध्यक्ष विमल पोखरेललगायत उपस्थित रहेका थिए। स्ववियुको कार्यकाल दुई वर्षको हो। तर त्रिविले यसअघिकै कार्यसमितिलाई छ महिना म्याद थपिदिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *