भारतका चर्चित ब्याडमिन्टन खेलाडी साइना नेहवाल (भाजपा)मा प्रवेश

भारतका चर्चित ब्याडमिन्टन खेलाडी साइना नेहवाल भारतीय जनता पार्टी (भाजपा)मा प्रवेश गरेकी छिन्।

विश्वकै नम्बर एक ब्याडमिन्टन खेलाडी रहिसकेकी नेहवाल बुधबार भाजपामा प्रवेश गरेकी हुन्।  उनकी दिदी चन्द्रान्शु नेहवाल उनीसँगै पार्टीमा प्रवेश गरेको भारतीय सञ्चार माध्यम टाईम्स अफ ईण्डियाले जनाएको छ।

‘प्रधानमन्त्री मोदी देशका लागि कडा मेहनत गरिरहेका छन्, उनले मलाई प्रेरणा दिएका छन्,’ नेहवालले भनिन्, ‘उनीसँग काम गर्न पाउनु मेरोलागि सौभाग्यको कुरा हो।’

२९ वर्षीया नेहवालले २४ उपाधी जितेकी छिन् भने उनको करिअरमा ४३१ जित रहेको छ। गत वर्ष पनि भारतका चर्चित क्रिकेट खेलाडी गम्भीर गौतम र कुस्तीवाज बबिता फोगटले पनि भाजपा प्रवेश गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *