चीनको कोरोनाभाइरस कारण मृतकको संख्या बढ्यो

चीनमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या १ सय ७० पुगेको छ । पछिल्लो समय यो भाइरस तिब्बतमा देखिएसँगै अब यो मेनल्याण्ड चीनको प्रत्येक इलाकामा फैलिएको पुष्टि भएको छ ।

चिनियाँ स्वास्थ्य अधिकारीका अनुसार २९ जनवरीसम्म ७ हजार ७ सय ११ जनामा यो संक्रमण देखिएको छ ।उक्त संक्रमण अन्य १६ वटा देशमा पनि फैलिएको छ ।बिहिबार यो भाइरसलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गर्ने वा नगर्ने भन्ने विषयमा विश्व स्वास्थ्य संगठनबीच छफलफ हुने बताइएको छ ।

‘पछिल्ला केही दिनमा यो भाइरस मानिसबीच पनि सर्ने थाहा भएपछि यसले ठूलै चिन्ता निम्त्याएको छ,’ बुधबार विश्व स्वास्थ्य संगठनका डियद्यपि, चीन बाहिर तुलनात्मक रुपमा संक्रमित थोरै छन् तर यो धेरै माझ फैलिने प्रचुर सम्भावना छ ।रेक्टर–जनरल तेद्रोस अदहानोम घेब्रेयेससले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *