मेसीले गरे दुई गोल

लेगानेसलाई पराजित गर्दै बार्सिलोना कोपा डेल रेको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

बिहीबार भएको खेलमा नेगानेसलाई ५-० को फराकिलो अन्तरले हराउँदै क्वाटर फाइनलमा प्रवेश गरेको हो।

बार्साको जितमा लियोनेल मेसीले दुई गोल गरे। खेलमा उनका अलावा एन्टोनी ग्रिजम्यान, क्लेमेन्ट लेन्गलेट तथा आर्थरले गोल गरेका थिए।

बार्साले ग्रिजम्यानले खेलको चौथो मिनेटमा गरेको गोलबाट अग्रता लिएको थियो। त्यसपछि सो अग्रतालाई लेन्गलेटले खेलको २७ औं मिनेटमा दोब्बर पारे र पहिलो हाफ २-० को नतिजामा सकियो।

लेगानेसलाई ५-० को फराकिलो अन्तरले हराउने क्रममा दोश्रो हाफमा मेसीले खेलको ५९ र ८९ औं मिनेटमा गोल गरे। त्यसअघि खेलको ७७ औं मिनेटमा आर्थरले चौथो गोल गरेका थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *