ʿत्यसैले सेल्फी किङ्ग मा हास्य कलाकारको सट्टा विपिन रोज्यौंʾ

उनले ʿसेल्फी किङ्गʾ झण्डैझण्डै पाँच सय पटक बढी हेरिसके रे। पाँच सय पटक हेरिसकेपछि उनी आफू निर्देशित सिनेमा राम्रो हो की नराम्रो हो भनेर गेस गर्ने अवस्थामा पनि छैनन रे। त्यसरी सोच्ने घेरा नै धमिलो भइसकेको उनको दाबी छ।

यस्तो अवस्थामा पुग्ने व्यक्ति हुन् माघ २४ गते रिलिज हुने लागेको विपिन कार्की स्टारर ʿसेल्फी किङ्गʾका निर्देशक विशाल सापकोटा। आफैले लेखेको कथा-पटकथामा निर्देशकका रुपमा नेपाली रजतपटमा डेब्यू गर्दैछन्। डेब्यू सिनेमाबाट उनी सुखद् नतिजाको आशा गरिरहेका छन्।

सिनेमाको बारेमा सेतोपाटीसँग कुरा गर्दै गर्दा उनी सिनेमाको रिलिज मितिको निकट आगमनलाई लिएर एकातीर उत्साहित त छँदै थिए, अर्को तीर नतिजा कुरिरहेको विद्यार्थी जस्तो आतिएको पनि। उनै निर्देशकसँग सेतोपाटीका लागि अशेष अधिकारीले गरेको कुराकानीको सम्पादित अंशः

Leave a Reply

Your email address will not be published. Required fields are marked *