इटहरीमा गाडी दुर्घटना हुदा तीन मृत्यु

सुनसरीको तित्रृबनामा बस र हाईस गाडी दुर्घटना हुदा तीन जनाको घट्ना स्थलमै मृत्यु भएको छ । दुर्घटनामा अन्य धेरैको मृत्यु हुन सक्ने प्रहरीले बताएको छ । घट्ना स्थलबाट शब निकाल्न समस्या भईरहेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।

इटहरीबाट इनरुवा तिर जादै गरेको बा ५ ख ३१५७ नम्बरको हाईस गाडी र इनरुवाबाट इटहरी तिर आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस एक आपसमा ठक्कर खाएको हो । हाईसका यात्रु धेरैको मुत्यु भएको प्रहरीले जनाएको छ । हाईस गाडी कच्याककुच्युक अवस्थामा छ । शबहरु चेपिएको अवस्थामा छन उनीहरुलाई काम भईरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको पूर्ण विवरण नआईसकेको एक नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यलय इटहरीले जनाएको छ । दुर्घटना भएको ठाउँमा तीन जनाको मृत्यु भएको ट्राफिक प्रहरी कार्यलय इटहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *