प्रहरीले नयाँ बसपार्क क्षेत्रबाट छापा गरे , ७३ पक्राउ

१९ माघ, । अवैध र अनैतिक कार्यमा संलग्न ७३ जनालाई प्रहरीले नयाँ बसपार्क क्षेत्रबाट नियन्त्रणमा लिएको छ ।

प्रहरीले गोंगबु नयाँ बसपार्क क्षेत्रमा गएराति सञ्चालन गरेको स्विप अपरेसनका क्रममा ७३ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा ३७ पुरुष, ३२ महिला र ४ तेस्रोलिंगी छन् ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका अनुसार, लागू औषध दुर्व्यसनी, वेश्यावृत्ति र मापदण्डविपरीत व्यापार व्यवसाय सञ्चालनमा संलग्न रहेको भेटिएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *