रौतहट । जिल्लामा ४ वर्षीया बालिकामाथि जबरजस्ती करणी भएको छ । करणी गरेको आरोपमा गौर नगरपालिका–१ कानुपट्टिमा डेरा गरी बस्ने धनुषा घर भएका ५४ वर्षीय रामकिशोर मिश्रलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
मिश्रले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Comments