नोबेल सिटिजन अवार्ड प्राप्त गर्न सफल बिराटनगरका युवा इराकी

प्रतिष्ठित नोबेल सिटिजन अवार्ड प्राप्त गर्न सफल भएका छन बिराटनगरका युवा चाँद बाबू इराकी। भारतको नया दिल्लीमा एक विशेष समारोह बिच इराकी सम्मानित भएका हुन। यस अघि पनि साङघाइ युथ लिडरसीप अवार्ड ,कलाम युथ अवार्ड ;बिबेकानन्द लिडरसीप अवार्ड ,ग्लोबल पिस एमबास्डर अवार्ड लगायत का अन्तर्राष्ट्रिय अवार्ड का साथै दर्जनभन्दा बढी राष्ट्रिय अवार्ड द्वारा सम्मानित भै सकेका छन युवा अभियान्ता इराकी ।

नेपाल भारत श्रीलंका मौरिसियस घाना भुटान अफृका स्वीजरल्यान्ड लगायतका देशबाट बिभिन्न योगदान पुर्याउने ब्यक्तीहरुलाई अवार्ड द्वारा बिभुषित गरिएको थियो । जसमा नेपालबाट चाँद बाबू इराकी समेत पर्न सफल भएका छन । बिगत १५ बर्ष देखि सामाजिक क्षेत्रमा लागेर युवा तथा समाज परिवर्तनको काममा निरन्तर अग्रसर भै लागे बापत इराकी लाई सम्मान गरिएको हो कार्यक्रम का प्रमुख अतिथी जर्ज म्याक्नोडिफको हातबाट इराकीले सम्मान ग्रहण गरे ।

कार्यक्रममा नेपालबाट अतिथीका रुपमा प्रदेश नम्बर एक का सामाजिक बिकास मन्त्री जीवन घिमिरेको समेत सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *