चीन र नेपालबीचमा उडान गर्ने एयरलाइन्सको उडान अनिश्चित

चीनमा कोरना भाइरस फैलिएर प्रकोपको रुप लिएपछि स्थल तथा हवाई सम्पर्क प्रभावित हुन थालेको छ। चीनको गन्तव्यमा उडान गर्ने विभिन्न एयरलाइन्सहरुले धमाधम उडान स्थगन गरिरहेका छन्।

चीन र नेपालबीचमा उडान गर्ने एयरलाइन्सहरुले पनि धमाधम उडान स्थगन गरिरहेका छन्।

हालसम्म चीनको मुख्य भुमीमा उडान नगरेको नेपाल एयरलाइन्स उडान तालिका पनि प्रभावित हुने भएको छ।

लामो समयको प्रयास पछि नेपाल एयरलाइन्सको काठमाडौंबाट चनीको ग्वाङजाउ उडान गर्ने अनुमति पाएको थियो। अनुमति पाएपछि नेपाल एयरलाइन्सले चैत २(मार्च ५,२०२०) देखि उडान गर्ने घोषणा गरेको थियो।

यसका लागि एयरलाइन्सले टिकट बुकिङ पनि खुला गरेको थियो।

तर यही बीचमा चीनमा कोरना भाइरस फैलिएपछि प्रकोपको रुप लिएको छ। भएकै एयरलाइन्सले उडान स्थगन गरिरहेका छन् भने आर्थिक गतिविधिमा पनि ब्रेक लागेको छ।

अहिलेको अवस्था प्रतिकूल भएकाले तत्काल उडानको तयारी रोकिने नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *