हेर्ने मान्छे नभएपछि १६ वर्षीय किशोरको ज्यान गयो :कोरोनाभाइरस

कोरोनाभाइरस संक्रमणको आशंकामा बाबुलाई उपचारमा राखिएपछि उनको एकल रेखदेखमा रहेका मस्तिष्क-पक्षघात (सेरिबल पल्सी)बाट पीडित किशोरको निधन भएको घटना सार्वजनिक भएको छ।घटना सार्वजनिक भएपछि चीनले आफ्ना दुई अधिकारीलाई पदबाट बर्खास्त गरेको छ।

१६ वर्षीय यन चेङ मंगलबार मृत भेटिएका थिए। उनका बाबु र भाइलाई एक सातादेखि कोरोना संक्रमणको आशंकामा चिकित्सकिय निगरानीमा राखिएको थियो।

यो बीचमा ती किशोरलाई दुई पटकमात्र खाना खुवाइएको तथ्य फेला परेको छ
घटनापछि कम्युनिस्ट पार्टीका स्थानिय सचिव र मेयरलाई पदबाट हटाइएको हो।

हाल ती किशोरको कथा सामाजिक संजालमा ट्रेन्डिङ भइरहेको छ।

स्थानिय संचारमाध्यमका अनुसार मृतक किशोरका बाबुले चिनियाँ सामाजिक संजाल उइबोमा आफ्ना छोरा खाना र पानीबिना एक्लै रहेको भन्दै सहयोगको अपिल गरेका थिए।

यो किसिमको मस्तिष्कको पक्षघातबाट पीडित व्यक्ति पूर्णतया अरुकै भरमा रहनुपर्ने हुन्छ।

घटनापछि चिनियाँ अधिकारीहरूले किशोरको निधनमाथि छानविन गरिने बताएका थिए।

पछिल्लो समय चीन कोरोना भाइरसको संक्रमणबाट आक्रन्त बनेको छ। यस भाइरसका कारण हालसम्म ३६१ जनाले ज्यान गुमाइसकेका छन् भने १७ हजार जना यसबाट संक्रमित भएको पुष्टी भइसकेको छ।

यस्तै चीनबाहिर १५० वटा संक्रमणका घटनाहरु पुष्टी भएका छन्। चीनबाहिर यस भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको पुष्टी भएको छ। फिलिपिन्समा ती संक्रमितको मृत्यु भएको हो।

यसैगरी विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमणका घटनामा थप वृद्धि हुनसक्ने चेतावनी दिएको छ भने चीनले पनि संक्रमणलाई नियन्त्रण गर्न हरसम्भव प्रयास गर्दै आइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *