सिरहा, २३ माघ ।
सिरहाको सखुवानन्कारकट्टीमा आजबाट झण्डा मेला सुरु भएको छ । मेलाको उद्घाटन नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका हुन् ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले मधेससँगको प्रेम टुट्न नदिने बताएका छन् । उनले मधेसमा सिंचाईको प्रमुख समस्या रहेको भन्दै कोशी–कमला डाइभर्सन निर्माणको काम चाँडै अगाडी बढ्ने बताए । उनले हुलाकी सडक समेत तिब्र गतिमा निर्माण भइरहेको र निर्माण पुरा भएपछि यस क्षेत्रमा नयाँ खुशीयाली आउने पनि बताए ।
अध्यक्ष प्रचण्डले संविधान संशोधन गर्नमा पार्टी सकारात्मक रहेको दावी गरे । उनले भने, ‘आवश्यकता बमोजिम संविधान परिमार्जन गर्दै लैजाने संविधानले नै व्यवस्था गरेको छ । त्यसैले आवश्यकता बमोजिम परिमार्जन हुन्छ भन्ने विश्वास दिलाउन चाहन्छु ।’
मेलाको उद्घाटन समारोहमा नेकपा नेता मातृका प्रसाद यादब, समाजवादी पार्टीकी नेतृ सरिता गिरी, वडाध्यक्ष महेन्द्र प्रसाद यादब लगायतले शुभकामना मन्तव्य राखेका थिए । मेला १० दिनसम्म चल्नेछ ।
Comments