लाखौंको अवैध कपडासहित तीनजना पक्राउ

धनुषा, २३ माघ ।
धनुषाको जनकनन्दनी गाउँपालिका–२ बल्हा र महुवाको बीच बाटोबाट मंगलबार अवैध कपडा सहित तीनजनालाई प्रहरीले पक्राउ गरिएको छ । पक्राउ पर्नेमा जनकनन्दनी गाउँपालिका–३ बस्ने अन्दाजी ४७ वर्षीय जमुना खत्वे, अन्दाजी २० वर्षीय प्रदिप खत्वे र अन्दाजी २० वर्षीय जाकिर मंसुर छन् ।

इलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरीक्षक हिरेन्द्र बहादुर रोकायाको कमाण्डमा खटिएको प्रहरीको गस्ती टोलिले उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छली गरी लुकाई छिपाई उनीहरुले १ लाख १ हजार ७ सयको अवैध कपडा ल्याउने क्रममा उनीहरुलाई पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।

पक्राउ परेका तीनैजनालाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय जनकपुर पठाईएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *