३७ सय यात्री बोकेको क्रुजभित्र ४१ जनामा कोरोनाभाइरस भेटियो

जापानको योकोहामा नजिकै क्वारेन्टाइनको लागि छोडिएको क्रुजभित्रका अन्य ४१ जनामा कोरोना भाइरस भेटिएको छ । यससँगै क्रुजभित्र संक्रमितको संख्या ६१ पुगेको छ ।

३७ सय यात्री बोकेको डायमण्ड प्रिन्सेस क्रुज पछिल्लो दुई हप्तादेखि योकोकामामा छोडिएको छ ।हङ्गकङ्गका ८० वर्षे एक व्यक्ति कोरोना भाइरसका कारण बिरामी परेपछि जहाजभित्रका अन्य यात्रीमाथि पनि परीक्षण सुरु गरिएको हो ।

यसका साथै वर्ल्ड ड्रिम नामको अर्को क्रुज जहाजका आठ पूर्व यात्रीमा कारोना भाइरस भेटिएपछि हङ्कङमा क्वारेन्टाइनका लागि छोडिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *