स्पेनिस क्लब बार्सिलोनाको लगातार सातौं पटक कोपा डेल रेको फाइनलमा पुग्ने सपनामा विराम लागेको छ।
बिहीबार भएको क्वाटरफाइनलमा एथ्लेटिको बिल्बाओलाई आत्मघाती गोल उपहार दिएपछि बार्सिलोनाको फाइनल यात्रा टुङ्गिएको हो।
खेलको अतिरिक्त समयको तेश्रो मिनेटमा बार्सिलोनाका सर्जियो बुसकेट्स इनाकी विलियम्सले प्रहार गरेको बल रोक्न खोज्दा उनको टाउकोमा ठोक्किएर बार्सिलोनाको पोस्टमा छिरेको थियो।
हिजो खेलको अन्तिम समुमा मेसीले हानेको प्रहार बिल्बाओका गोलरक्षकको खुट्टामा लागेर खेर गएको थियो।
त्यसअघि हिजो नै भएको खेलमा रियल मड्रिड रियल सोसोयाडसँग ४-३ गोल अन्तरले पराजित भयो।
दुबै टोलीको हारसँगै सन् २०१० पछि कोपा डेल रेको फाइनल बार्सिलोना तथा मड्रिडबिना हुने भएको छ।
यसैगरी यसै अन्तरगत भएका अन्य खेलमा पनि आश्चर्यजनक नतिजाहरू आए। क्वाटर फाइनलमा भिल्लारियल मिरान्डेससँग ४-२ ले पराजित भयो भने भ्यालेन्सियालाई ग्रानाडाले २-१ ले पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ।
Comments