मोरङको बेलबारी बाट हराएको मोटरसाईकल ईलाममा भेटियो

बेलबारी / मोरङको बेलबारी बाट हराएकाे मोटरसाईकल ईलाममा फेला पारी सवारीधनीलाई बुझाएको छ । ३ महिना अघि बेलबारी नगरपालिका वडा नम्बर ३ बाट हराएको मोटरसाईकल फेला पारी बेलबारी प्रहरीले सवारीधनीलाई बुझाएको हाे ।

बेलबारी ३ का २४ बर्षिय योगेन्द्रबहादुर न्योपानेको वाईबी ७४ एभी ३२२२ नम्बरको केटीएम डुक कम्पनीको मोटरसाईकल परीवर्तित नम्बर प्रदेश नम्बर १–०१–०१२ प ३२२० भएको मोटरसाईकल फेला पारी सवारीधनीलाई बुझाईएको हो । ईलाम नगरपालिकामा मोटरसाईकल फेला पारी २३ गते (बिहिबार) सम्बन्धित ब्यत्तिलाई मोटरसाईकल बुझाईएको ईलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक गुणराज बुढाथोकीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *