सामाजिक विकास मन्त्रालयले गरेको नियुक्ति प्रक्रिया मापदण्ड विपरीत : कारण यस्तो …

कर्णाली ,२५ माघ ।
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले मापदण्ड मिचेर स्वयंसेवक छनौट गरेको पाइएको छ । मन्त्रालयले ‘कर्णाली प्रदेश स्वयंसेवक छनौट मापदण्ड, २०७५’ को परिच्छेद २ को दफा ३ उपदफा ‘क’ विपरित सामुदायिक नर्स परिचालन कार्यक्रम अन्र्तगत स्टाफ नर्स र अनमी छनौट गरेको पाइएको हो ।

 

गतवर्ष पुस २६ गतेको मन्त्रिपरिषद्बाट ‘कर्णाली प्रदेश स्वयंसेवक परिचालन सम्बन्धी कार्यविधि २०७५’ स्वीकृति गरिएको थियो । उक्त कार्यविधिको दफा १९ मा स्वयंसेवक छनौट तथा परिचालन सम्बन्धी व्यवस्था गरिएको छ । उक्त दफाको उपदफा ‘क’ मा भनिएको छ, ‘स्वयंसेवकको छनोट कार्यकारी समितिले तोके बमोजिमको परीक्षा विधि लिखित परीक्षा वा अन्र्तवार्ता वा दुवैको योग्यताक्रमका आधारमा’ गरिनेछ ।

सोही दफामा आधारित भई कार्यकारी समितिले गतवर्ष फागुन २३ गते ‘कर्णाली प्रदेश स्वंयमसेवक छनौट मापदण्ड, २०७५’ पारित ग¥यो ।
कार्यकारी समितिद्वारा पारित मापदण्डको परिच्छेद २ को छनौटका आधारहरुमध्ये दफा ३ को उपदफा क मा लेखिएको छ, ‘अन्र्तवार्ता पचास अंकको हुनेछ ।’ यसरि मापदण्डमा पचास अंकको अन्र्तवार्ता हुने उल्लेख हुँदाहुँदै कार्यकारी समितिले अन्र्तवार्ता नलिएरै स्वयंयसेवकको सूची प्रकाशन गरी नियुक्ति प्रक्रिया अगाडि बढाएको हो ।
कार्यविधिमा उल्लेखित दफा १९ ले मन्त्रालयको यो कदमको बचाउ गर्न कार्यकारी समितिले तोके बमोजिमको परीक्षा विधि लिखित परीक्षा वा अन्र्तवार्ता वा दुवैको योग्यताक्रमका आधारमा गर्ने भनिए पनि कार्यसमितिले पारित गरेको छनौट मापदण्डको परिच्छेद २ को दफा ३ को उपदफा क मा पचास अंकको अन्र्तवार्ता हुने उल्लेख भएकोले अन्र्तवार्ता विनानै गरिएको उक्त कदम मापदण्ड विपरितको कार्य भएको पाइएको हो ।
मन्त्रालयका उपसचिव विष्णुप्रसाद अधिकारीले समेत अन्र्तवार्ता नलिई नियुक्ति प्रक्रिया अगाडि बढाएको पुष्टि गरेका छन् ।

मन्त्रालयले स्वास्थ्य सेवामा पहुँच कम भएका क्षेत्रमा सामुदायिक नर्स परिचालन कार्यक्रम अन्र्तगत गत कार्तिक ७ गते विज्ञापन प्रकाशन गरेको थियो । सोही अनुसार स्टाफ नर्सतर्फ २७७ र अनमीका लागि ८२९ जनाको दरखास्त स्वीकृत भएको थियो ।
गत माघ ३ गते स्वीकृत दरवन्दीमध्ये मन्त्रालयले स्टाफ नर्सतर्फ ५९ जना र वैकल्पिक १२ गरी ७१ जनाको नाम प्रकाशन ग¥यो भने अनमीतर्फ १४२ जना र वैकल्पिक २९ गरी १७१ जनाको योग्यता सुची प्रकाशन गरेको थियो ।
उक्त योग्यता सुची परिक्षार्थीको अन्र्तवार्ता नलिइकनै प्रकाशन गरिएको आवेदक चन्द्रा खड्काले बताइन् ।
‘हामी दरखास्त पेश गरेका मध्ये केही साथीको परीक्षा प्रवेश पत्र प्राप्त भयो भने केहीले प्रवेश पत्र समेत पाउन सकेनौं ।’ उनले भनिन्, ‘मन्त्रालयको अन्र्तवार्ताका लागि मिति तोकिने पर्खाई थियौं तर एक्कासी योग्यताक्रम सुची प्रकाशन भयो ।’ उनले थपिन्, ‘मन्त्रालयमा विधि शासन होइन व्यक्तिको शासन चलेको रहेछ ।’ मन्त्रालयको प्रकाशित योग्यताक्रममा राजनीतिक दल र मन्त्रालयका कर्मचारीहरुका आफन्तहरुको मात्र सुची प्रकाशन गरिएको खड्काले आरोप लगाईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *