अमेरिकी सैनिकमाथि आक्रमण हुदाँ दुई जनाको मृत्यु

अफगानिस्तानमा रहेका अमेरिकी सैनिकमाथि आक्रमण हुदाँ दुई जनाको मृत्यु भएको छ।
शनिबार अफगानिस्तानको नानगरहर प्रान्तमा अमेरिकी र अफगानी सैनिकबीचको संयुक्त अपरेशनका क्रममा आक्रमण भएको थियो। आक्रमणमा छ सैनिक घाइते भएका छन्।

अफगानिस्तानका लागि अमेरिकी सैनिक प्रवक्ता कर्नेल सोन्नी लेग्गेटका अनुसार एक व्यक्तिले अफगानी लुगा लगाएर ‘मेसिन-गन’ले अमेरिकी सैनिकमाथि गोलीबारी गरेका थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको र आक्रमणको कारण पत्ता नलागेको प्रवक्ता लेग्गेटले बताए।
मृतकको नाम २४ घण्टासम्म नखुलाउने र परिवारलाई बताइसकेपछि मात्रै खुलाउने बताइएको छ।
अफगानिस्तानमा झन्डै १३ हजार अमेरिकी सैनिक छन्।
आईतबार, माघ २६, २०७६, बिराटनगर

Leave a Reply

Your email address will not be published. Required fields are marked *