आजको मौसम

मौसम पूर्वानुमान महाशाखाले आज नेपालमा कुनै पनि उल्लेखनिय मौसमी प्रणाली नभएको जनाएको छ । आइतबार मौसम पूर्वानुमानबारे सूचना जारी गर्दै महाशाखाले कुनै मौसमी प्रणालीको असर नरहेको जनाएको हो ।

महाशाखाका अनुसार हाल हाल देशका पहाडी भू–भागमा आंशिक बदली बदली रहेको छ भने बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
यसैगरी, देशका पूर्वी र मध्य पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया सफा रहने छ। देशको पूर्वी पहाडी भू–भागका १÷२ स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ।
राति भने देशका पूर्व र मध्य पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *