विराटनगर महानगरपालिका– १२ मा बखरी मलहनवास्थित उखुबारीमा भेटिएको महिलाको शवको पहिचान खुलेको छ ।
मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मानबहादुर राईका अनुसार शुक्रबार बिहान भेटिएको शव सुनसरीको दुहबी नगरपालिका–६ कालि मन्दिरकी ३२ वर्षीया सम्झना खत्री परियारको भएको खुलेको हो ।
शुक्रबार बिहान उखुबारीमा घाँटी रेटेर सलले बेरेको अवस्थामा शव भेटिएको थियो ।
अनुसन्धानका क्रममा उनका श्रीमान् बसन्त परिवारले शवको पहचिान गरेका हुन् ।
शवको पहिचान खुलेपछि अनुसन्धान सुरु गरेको प्रहरी नायव उपरीक्षक राईले बताए ।
निलो टल्किने आउटर, हरियो धर्के कुर्ता सुरुवाल लगाएकी महिलाको घाँटी रेटेर सलले बेरेको अवस्थामा शव भेटिएको थियो ।
शवनजिकै सुरुवाल पनि भेटिएको थियो ।
घटनाको प्रकृति हेर्दा अन्तै हत्या गरी उखुबारीमा शव फालिएको देखिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।
Comments