झापा को मेचीनगर दुर्गा मन्दिरबाट प्रहरीले अवैध सामान बरामद

झापाको मेचीनगर नगरपालिका-६ दुर्गा मन्दिरबाट प्रहरीले अन्दाजी १ लाख ७५ हजार मुल्य बराबरको अवैध सामान बरामद गरेको छ ।

साेमबार विहान साढे ५ बजे जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारत तर्फ लैजाँदै गरेको १२५ किलो मरीच २०० किलो छगडा र १५ कार्टुन स्याउ बरामद गरेको हो ।

बरामद गरिएको उक्त परिमाणको सामान इलाका प्रहरी कार्यालयमा राखि आवश्यक कानूनी प्रकृया पश्चात मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाईने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बरामद गरिएको उक्त परिमाणको सामान इलाका प्रहरी कार्यालयमा राखि आवश्यक कानूनी प्रकृया पश्चात मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाईने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *