माग २८, बिराटनगर । सुनको भाउ मङ्गलबार(आज) तोलामा एक सय रुपैयाँले घटेको छ ।
आज सुन मङ्गलबार तोलाको ७५ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार र गएको आइतबार तोलाको ७६ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ मङ्गलबार तोलामा सय रुपैयाँले घटेको हो ।
चाँदी भने गएको आइतबारदेखि नै तोलाको आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
Comments