मोरंग विप्लव समूहका सेक्रेटरी राई नेकपा प्रवेश

२८ , बिराटनगर।मोरंग भूमिगत विप्लव समूहमा मोरङ सेक्रेटरी उदय राई सत्तारुढ नेकपामा प्रवेश गरेका छन् ।

ललितपुरको खुमलटारस्थित प्रचण्डनिवासमा सोमबार अध्यक्ष प्रचण्डबाट टीका र खादा लगाएर राई नेकपामा प्रवेश गरेको उनका आफन्तले बताए ।

एकताकेन्द्र मसालबाट माओवादीमा प्रवेश गरेका राई माओवादी विभाजित हुँदा विप्लव समूहमा लागेका थिए ।मोरङको बेलाबारी घर भएका राई सांस्कृतिकर्मी पनि हुन् ।

राईले विप्लव समूहमा अराजकता, हिंसात्मक राजनीति र अर्थवाद मौलाएको हुनाले पार्टी परित्याग गरेको वक्तव्यमार्फत जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *