ट्याक्टर दुर्घटना : चार मृत्यु /आठ जना घाइते

बिराटनगर,माघ २९ ।
पूर्वी नवलपरासीको बुलिङटारस्थित छरछरेमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । आठ जना घाइते भएका छन् ।

लु ४ त २५५६ नम्बरको ट्याक्टर छरछरेबाट बुलिङटार जाने क्रममा गएराति दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा २२ वर्षीय नरबहादुर सुस्लिङ्ग, ५९ वर्षीय यमान सिंङ सुस्लिङ, ४० वर्षीय पूर्णबहादुर थापा र २५ वर्षीय लिलाबहादुर सारुको मृत्यु भएको प्रहरीले जनाएको छ । उनिहरु सबै बुलिङटार गाउँपालिका ३ का बासिन्दा हुन ।

दुर्घटनामा घाइते भएका ट्याक्टर चालक बलबहादुर झेडी मगर, ४० वर्षीय छालबहादुर सारु मगर, २९ वर्षीय विमलराज सुस्लिङ्ग मगर र ११ वर्षीय सन्दिप सारु मगरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

उनिहरुको पूरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *