प्रतिनिधिसभाको शुक्रबार बोलाइएको बैठक शोक प्रस्ताव पारित गरेर शनिबारसम्मका लागि स्थगित गरिएको छ।प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद दुर्गाप्रसाद उपाध्यायको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित गरिएको हो।
सभामुख अग्निप्रसाद सापकोटाले शनिबार बिहान ११ बजे पुन: बैठक बस्ने जानकारी दिए।
राष्ट्रियसभा सांसद उपाध्यायको शुक्रबार ५१ वर्षको उमेरमा क्यान्सर रोगका कारण निधन भएको थियो।
उपाध्यायको निधनमा संसदमा एक मिनेट मौनधारण पनि गरिएको थियो।सभामुख सापकोटाले उपाध्यायको निधनमा गहिरो शोक व्यक्त गरेका छन्।
Comments