भाषा संरक्षण गर्न सरकार पछी नपर्ने : प्रदेश प्रमुख परियार

महेश सिंह सिरहा ३ ,फाल्गुन –
अहिलेको बर्तमान सरकार भाषा संरक्षण गर्न लागी परेको प्रदेश नम्बर –२ का प्रदेश प्रमुख तिलक परियारले बताउनु भएको छ ।
मगही भाषा अभिलेखिकरण सम्बन्धी एक दिने गोष्ठीको उदघाटन गर्न सिरहाको लहान आएका प्रदेश प्रमुख परियारले भाषा आयोग मार्फत

नेपालमा बोलिने हरेक भाषहरुको संरक्षण गर्न सरकार तयार रहेको बताउनु भयो ।
नेपालमा बोलिने १ सय २८ भाषालाई संरक्षण गर्नका लागी भाषा आयोग र सरकारलाई बिच बिचमा सरसल्लाहको आब्यश्क परेको हुदाँ सो कार्यमा सहयोग गर्न भाषा बिद्धहरुलाई उनले आग्रह गरे ।

प्रमुख अतिथिको रुपमा बोल्दै प्रमुख परियारले भने , ‘ संघियतालाई सफल गर्नका लागी स्थानिय भाषा संस्कृतिको संरक्षण गर्न अति आब्यश्यक रहेको हुँदा आ – आफने क्षेत्रबाट भाषा संरक्षणका लागी सहयोग गर्नुपर्छ , सरकार पछी नपर्ने उनले दाबी गरे ।
’नेपालको २०६८ को जनगना अनुसार करीब ३५ हजार मात्र मगही भाषा बोल्नेको तथ्याङ्क रहेकोले सो जनगणना पुर्ण रुसमा त्रुटी रहेको मगही भाषा अध्ययन केन्द्रका अधयक्ष मनाई महतोले बताउनु भयो । उहाँले प्रदेश नम्बर– २ मा मात्र मगही भाषा बोल्नेको संख्या ४० लाख रहेको दाबी गरेका छन ।

महतोले मधेशमा बोल्ने ठेठ भाषा नै मगही भाषा हो , ‘पिछडाबर्गका २९ जाती , दलित समुदायका १७ र जनजाती समुदायका २ वटा जाती मगही भाषा बोल्ने गरेको उनले दाबी गरे ।’ तराई मधेशमा कुशवाहा, केवट , यादव , सुनार , लगायत तेली जातीहरुले मगही भाषा बोल्ने गरेको उनले भने ।
पुर्व मन्त्री लक्ष्मण मेहता , भाषा आयोगका अध्यक्ष बलदेब अबस्थी लगायत प्रदेश नम्बर १ र २ का भाषा सम्बन्धी जानकारहरुको सहभागिता रहेको थियो । कार्यक्रमबाट आएका सुझाबहरुलाई संङ्कलन गरी भाषा आयोगमा बुझाउने तयारी गरेको आयोजक भाषा आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *