विराट एक्स्पाे २०७६ शुरु

माेरङकाे विराटनगर २ स्थित शंकरपुर मार्गमा कृषि तथा औद्योगिक अन्तराष्ट्रिय प्रदर्शनी तथा व्यापार मेला विराट एक्स्पाे २०७६ शुरु भएको छ ।
उद्योग संगठन मोरङकाे आयाेजनामा फागुन १० गते सम्म ९ दिनका लागि व्यापार मेलाको आयोजना भएको छ । संघिय सरकारका अर्थ मन्त्री डाक्टर युवराज खतिवडाले उद्घघाटन गरेपछि एक्स्पो औपचारिक रुपमा शुरु भएको थियाे । एक्स्पो उद्घघाटनका क्रमममा सहभागि भएका अर्थमन्त्री डा. खतिवडालाई हात्ती तथा पञ्चेबाजाले स्वागत गरिएको थियो । कोशी टप्पुबाट ल्याइएका दुईवटा हात्तीले प्रवेश द्धारमा अर्थमन्त्रीलाई स्वागत गरेका थिए ।

एक्स्पोको उद्घघाटन गरे संगै अर्थमन्त्री युवराज खतिवडाले मन्तव्यका क्रममा उद्योगीहरुले सरकारलाई अल्मल्याउन नहुने बताउँदै निजि क्षेत्र उद्योगी, बैकर, निर्माण व्यवसायी, व्यापारी भएर सरकारलाई पनि आवश्यक काम कुरामा सहयाेग गरेर अघि बढ्न जरुरी रहेको उल्लेख्य गरे । मन्त्री खतिवडाले एक्स्पो उद्योगीहरुको लागी आफ्नो उत्पादन प्रदर्शन गर्ने तथा नयाँ अवसरको खोजी गर्ने माध्यम भएकोले उपभोक्तालाई सस्तो र गुणस्तरीय सामान खरिद गरेर जिवनयापनमा सहज बनाउने थलो भएको बताए ।मेलाको उद्घघाटन समारोहमा उद्योग तथा बाणीज्य राज्यमन्त्री मोती दुगड् , प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीे , उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री जगदिस कुसियत , उद्योग बाणीज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा , संघिय सांसद अमनलाल मोदी तथा नेपाली काग्रेसका केन्द्रिय सदस्य अमृत आर्याल लगायतले विराट एक्स्पाेकाे अावश्यकता महत्त्व तथा व्यापार व्यावसायमा भएका कमि कमजोरी, समस्या लगायत समसामयिक बिषय बस्तुकाे बारेमा प्रकास पारेका थिए । एक्स्पो उद्घघाटनका क्रममा विराट एक्स्पोका संयोजक भोलेश्वर दुलाल तथा स्टलका व्यवस्थापक विपिन कावरालाई उत्कृष्ट काम गरेकाे भनी मूल्यांकनका आधारमा सम्मान समेत गरिएको थियो ।

औद्योगिक उत्पादन र प्रविधी प्रवर्द्वन , कृषि क्षेत्रमा गुणस्तरीय र व्यावसायीक उत्पादनलाई जोड दिन विराट एक्स्पो २०७६ कृषि तथा औद्यौगिक अन्तराष्ट्रिय प्रदर्शनी अायाेजना गरिएको हाे । मेलामा जुम्लाको स्याउ, मार्सि चामल, पोखराको पाउ, उदयपुरको खरायो र बरमझियाको पेडा पनि राखिएको छ । त्यसैगरी तेह्रथुमको ढाका, ईलामको ललिपप, चिया, संखुवासभाको अल्लो हस्तकला , कृषि यन्त्रका सामाग्री प्रदर्शनी गरिएको छ । हेलिकप्टरबाट विराटनगर र पाथीभराको अवलोकन तथा हातिबाट सवारी समेत गराईएकाे छ। प्रदर्शनीमा करिव ३ सय ४० वटा स्टल रहेका छन । जसमा विदेशी कम्पनी, कुषि, घरेलु तथा हस्तकला, औद्योगिक उत्पादनहरु, अटो मोवाइल्स , फुटवेयर र विविध औद्योगिक सामग्री र खाद्यान्नका लागि पनि छुट्याइएको छ ।

बालबालिकाहरुका लागि मनोरञ्जनका स्टल राखिएको छ भने रोजगार सूचना केन्द्रको व्यवस्था तथा भ्रमण वर्षको प्रर्वद्धनका लागि प्रदेश १ का पर्यटकीय गन्तब्यको जानकारी एक्स्पोमा छ । एक्स्पोमा सूचना प्रविधिमा भएका नयाँ खोज तथा ज्ञानका लागि छुट्टै स्टल समेत राखिएको छ । शिक्षा, विज्ञान र स्वास्थ्यका बारेमा जानकारी गराउने स्टल समेत रहेका छन । एक्स्पोमा स्वदेशका उत्पादन र कृषिजन्य उत्पादनलाई विशेष प्राथमिकता अायाेजकले दिएकाे छ । एक्स्पाेमा स्थानिय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहेकाे छ । प्रदर्शनीमा मोरङ सुनसरी, सिरहा , सप्तरी, सुनसरी, उदयपुर , झापा र छिमेकी मुलुक भारतको विहार, भुटान लगायतका गरि ३ लाख दर्शकले अवलोकन गर्ने भएकोले मेला अबधिमा करिव एक अर्बको कारोवार हुने अपेक्षा गरिएको अायाेजक उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले पूर्वेली न्यूज संगकाे कुराकानीमा जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *