जन्मदिनको अवसरमा गरे शैक्षिक सामग्री वितरण : सरोज कोईराला

बिराटनगर ,माघ ०३
संखुवासभा जिल्ला मादि नगरपालिका ४ डाँडा गाउँ निवाशी बुवा बुद्दिराज कोइराला आमा सुसिला दाहाल कोइरालाका छोरा सरोज कोईरालाले आफ्नो २२ औ जन्मदिनको अवसरमा शैक्षिक सामग्री वितरण गरेको छ

मकालु त्रिशक्ति समुह माट्स नेपालका अनाथ वालवालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको हो ।
जन्मदिवसको अवसरमा माट्स नेपालमा एक संक्षिप्त कार्यक्रमको आयोजना गरि शैक्षिक सामग्री वितरण गरेका हुन् ।

माट्स नेपालको संरक्षणमा रहेको ८ बालबालिकाहरुलाई कापी, कलम र रंगीन पेन्सिल वितरण गरिएको हो ।
कार्यक्रममा माट्स नेपालका सदस्य सन्तोष श्रेष्ठ, सञ्चारकर्मीहरु सुरेन शाक्य र भेषराज कार्कीको उपस्थिती रहेको थियो । हाल विराटनगरमा बस्दै आएको कोईराला सामाजिक अभियान्ता पनि हुन् । उहाँले यस अघि पनि विपन्न बालबालिका तथा असहायहरुलाई सहयोग गर्दै आउनुभएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *