मोरङको बेलबारी मा आगलागी

बिराटनगर। मोरङको बेलबारी ३ मा अर्जुन सुवेदीको पराल सहितको गोठमा शुक्रबार राति आगलागी भएको छ । आगलागीमा गोठ,पराल र त्याँहा रहेका काठपात जलेर नष्ट भएका छन भएका छन । क्षतिको यकिन बिवरण प्राप्त भएको छैन । राति करिब १० बजेतिर भएको आगलागी के कारण भएको भन्ने समेत खुलिनसकेको प्रहरीले जनाएको छ । आगो ईटहरी तथा सुन्दरहरैचाबाट आएको दमकलले नियन्त्रणको प्रयास गरेको थियो ।

बेलबारी नगरपालिकाले केही दिनअघि खरिद गरेर ल्याएको दमकल भने नगरपालिका भित्रै थन्किएको छ । समयमा दमकल नहुँदा र बेलबारीमै दमकल हुँदा पनि पर्दा प्रयोग नभएको भन्दै स्थानीयले आक्रोश समेत पोखेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *