अस्ट्रेलियाकाे क्विन्सल्यान्ड राज्यकाे व्रिजबेनमा अध्ययनरत धरानकी २० वर्षीया नेपाली युवतीमाथि छुरा प्रहार भएको छ।घाइते युवती खतरामुक्त रहे पनि मानसिक रूपमा निकै समस्यामा परेकी उनकी एक सहपाठीले जानकारी दिइन्।स्थानीय भाइव कलेजमा आइटीमा डिप्लाेमा पढिरहेकी ती युवतीमाथि शुक्रबार राति अज्ञात व्यक्तिले छुरा प्रहार गरेका हुन्।उनी डेढ वर्ष अघि अस्ट्रेलिया आएकी थिइन्।
प्रहरीको सहयोगमा उनलाई रोयल व्रिजवेन महिला अस्पतालमा उपचारका लागि लगिएको थियो। उनलाई सात टाका लगाइएको र खतरामुक्त अवस्था भएपछि अस्पतालले शनिबार बिहान घर पठाएको छ।
ती युवतीकाे घर पुग्न बसबाट झरेर १५ मिनेट हिँड्नु पर्छ। सोही क्रममा घर जाँदै गर्दा अचानक अग्लो कदको केटाले पछाडिबाट आएर छुरा प्रहार गरेको युवतीको भनाइलाई उदृत गर्दै उनकी साथीले भनिन्।घटनापश्चात घाइते युवतीको साथीहरूले प्रहरीलाई खबर गरेका थिए ।
Comments