आगलागीमा ७० वर्षीय भण्डारीको मृत्यु

कैलालीको टीकापुर नगरपालिका–७ सत्तीमा आगलागीमा परेर ७० वर्षीय लालबहादुर भण्डारीको मृत्यु भएको छ । सत्ती कर्णाली सामुदायिक वनसँग जोडिएको निजी खरबारीमा आफैले लगाएको आगो सल्किदा भैँसी चराउन गएका उहाँको जलेर मंगलबार मृत्यु भएको प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *