इरानमा पनि कोरोनाबाट पाँच जनाको मृत्यु

फागुन ११,बिराटनगर / इरानमा शनिबार थप एक जना कोरोना सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ । यो सहित इरानमा कोरोना जीवाणुका कारण मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।इरानमा १० जना नयाँ कोरोनाका बिरामी पनि देखिएको सरकारी अधिकारीहरुले बताएका छन् । इरानमा कोरोना सङ्क्रमित व्यक्तिको संख्या २८ पुगेको छ । इरानी स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानोस जहानपौरले कोरोना सङ्क्रमणलाई नियन्त्रणमा ल्याउन सरकारले भरमग्दूर प्रयास गरिरहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *