प्रधानमन्त्री ओलीको राजीनामा माग्दै विवेकशीलको माइतिघरमा प्रदर्शन

फ़गुन१२ , बिराटनगर ।प्रधानमन्त्री केपीशर्मा ओलीको राजीनामा माग गर्दै विवेकशील नेपालीले माइतिघरमा विरोध प्रदर्शन गरेको छ।
सरकार बनेको दुई वर्ष हुँदा वाइडबडी, बालुवाटार काण्ड हुँदै गोकुल बाँस्कोटाको ७० करोडको काण्ड निम्तिएको भन्दै विवेकशीलले विरोध जनाएको छ।बाँस्कोटाको काण्डमा प्रधानमन्त्रीको नै संलग्नता हुन सक्ने भन्दै उसले राजीनामा मागेको छ।

‘करिव डेढ महिना अघिनै भिडियो हेरेको भन्ने खबर आइराख्दा र सरकार अनि प्रधानमन्त्रीकै आवाजको रुपमा स्थापित बाँस्कोटामाथि प्रश्न उठ्दा प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिएर, निश्पक्ष छानबिन गर्न मार्ग प्रशस्त गर्न जरुरी छ’ एक विज्ञप्तिमार्फत विवेकशीलले भनेको छ।

घटना सार्वजनिक हुनु २ दिनअघि प्रधानमन्त्रीले गोकुल बाँस्कोटालाई तुलोको एकातिर अनि अरु सबै नेतालाई अर्कोतिर राख्दा पनि गोकुल बाँस्कोटाकै पल्लाभारी हुने बताएका थिए। यही भाषणकै आधारमा पनि नैतिकताको प्रश्न उठ्ने विवेकशीलको दावी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *