सोमबारको मौसम :वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले सोमबारको मौसम यस्तो पूर्वानुमान सूचना जारी गरेको छ । महाशाखाले आजको मौसमको पूर्वानुमान जारी गर्दै हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार देशको पश्चिमी पहाडी भेगमा आंशिक बदली तथा पूर्वी क्षेत्रमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ ।पूर्वानुमानका अनुसार देशभर दिउँसो आंशिकदेखि सामान्य बदली रहनेछ।

देशको पहाडी भू–भागका केही स्थानहरुमा मेघ गर्जन÷चट्याङसहित वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति देशको मध्य तथा पुर्वी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी भू–भागमा आंसिक बदली रहनेछ। मध्य तथा पुर्वी भू–भागका थोरै स्थानहरुमा र पश्चिमका एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।

देशको पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *