नेपाली बजारमा सुनको मूल्य

फागुन१२, बिराटनगर । नेपाली बजारमा सोमबार सुनको मूल्यले अर्को नयाँ रेकर्ड कायम गरेको छ । सोमबार छापावाल सुन तोलामा १५०० रुपैयाँले बढेर ८० हजार ३०० रुपैयाँ पुगेको छ ।

यसअघि आइतबार छापावाल सुन तोलामा ७८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा ८० हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यता सोमबार रु ५ बढेर ९२५ रुपैयाँ प्रतितोलामा कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *