पृथ्वी राजमार्गमा दुईवटा बस ठोक्किँदा ४० जना घाइते

बिराटनगर / पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलबारी नजिकै दुई वटा बस एकआपसमा ठोक्किँदा ४० जना घाइते भएका छन् ।दमौलीबाट मुग्लिङ्गतर्फ आउँदै गरेको ना ७ ख २०६ नम्बरको बस र डुम्रेबाट दमौली जाँदै गरेको ना ५ ख २८५६ नम्बरको बस आइतबार बिहान एकआपसमा ठोक्किदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाइते भएकाहरुको दमौलीस्थित रत्नहरि अस्पताल, एपोलो अस्पताल र पोखरा अस्पतालमा उपचार भइरहेको तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए । घाइते मध्ये ना ५ ख २८५६ नम्बरको बसका चालकको अवस्था गम्भीर रहेकाले उनलाई थप उपचारका लागि पोखरा पठाइएको उनले बताए । ना ५ ख २८५६ नम्बरको बसले ओभरटेक गर्ने क्रममा उक्त दुर्घटना भएको प्रहरी नायव उपरीक्षक लामिछानेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *