अख्तियार अनुसन्धान आयोगले सव–इन्जिनियर घुससहित पक्राउ

बिराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित एक जनालाई पक्राउ गरेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गतको आयोजना कार्यान्वयन इकाइका सव–इन्जिनियर नवलेस कुमार रौनियारले कास्कीको मादी गाउँपालिका वडा नं ९ का सेवाग्राहीसँग ४० हजार ५०० घुस लिएको उजुरीको आधारमा अख्तियारले पक्राउ गरेको हो ।

उनले घुस लिएको विषयमा जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) कास्कीबाट प्राप्त पत्र तथा संचारमाध्यमद्वारा प्रसारित सामग्रीसमेतको आधारमा रौनियारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । यसबारे अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *