स्थानीय बासिन्दा र टहरा भत्काउन पुगेको टोलीबीच विवाद

फागुन,बिराटनगर /सार्वजनिक जग्गा ओगटेर बनाइएका घर–टहरा महानगरले डोजर लगाएर भत्काउदा केहीबेर तनाव उत्पन्न छ । विराटनगर महानगरपालिका–१ पोखरिया भट्टा चोकमा सार्वजनिक स्थानमा बनाइएका घर टहरा भत्काउँदा स्थानीय बासिन्दा र टहरा भत्काउन पुगेको टोलीबीच विवाद भएपछि केही बेर तनाव उत्पन्न भएको थियो ।
महानगरको आग्रह अनुसार घर–टहरा भत्काउने कार्यमा प्रहरीले सुरक्षा प्रदान मात्रै गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए । घर–टहरा भत्काउने ठाउँमा राई नेत्रृत्वको प्रहरी टोली थप मदतका लागि पुगेको थियो ।
सुकुम्बासीका नाममा ३५ वर्षदेखि सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका घर टहरा भत्काएर जग्गा खाली गरिएको हो ।
ती घर–टहरामा मोहम्मद नसिर, जमिल अन्सारी, जाकिर शेख, जहाँगिर शेख, रियाज उद्धिन शेख, मोहम्मद साहदत शेख र फारुक शेखको परिवार बस्दै आएका थिए ।
जग्गा खाली गर्न सूचनामार्फत आग्रह गरे को भएपनी महानगरपालीकाले सुकुम्बासिलाई ब्यावस्थापन नगरी घर टहरा भत्काउँदा उनिहरुको बिजोग भएको छ ।

स्थानीय अनुसार डेढ कट्ठा सार्वजनिक जग्गामा संरचना बनाएर सुकुम्बासी बसेका थिए । स्थानीय बासिन्दाले नजिकैको परोपकार घाटमा रहेको चार बिघा जग्गा ओगटेर बसेकालाई एक सय बढी परिवारलाई नहटाएको र गरिब तथा जग्गा विहीन सुकुम्बासी बसेका टहरा भने भत्काइएको भन्दै विरोध गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *